Connect with us
Advertisement

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

Published

on

विराटनगरः झापा र उदयपुरमा मंगलबार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सो ठक्करबाट मोटरसाइकलमा सवार सुनसरीको महेन्द्रनगरका ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र इटहरीकी २८ वर्षीया सलिना राईको मृत्यु भएको हो ।

मोटरसाइकललाई ठक्कर दिने बस तथा चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

यसैगरी, उदयपुरको रौतामाई गाउँपालिका–१ मा ट्याक्टर दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–७ का २० वर्षीय केशव बिकको मृत्यु भएको छ । गाईघाटबाट नामेटारतर्फ जाँदै गरेको प्रदेश २–०२–०१–०००१ त १०१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज – १७ आषाढ २०८१ सोमवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज घरमा अतिथिको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) न्यायिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । लाभदायक यात्रा पनि रहला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । अतिथिको रूपमा सत्कार पाइनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) , इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कुनै कुराले मनमा शान्ति छाउला । प्रेम जीवन सुखमय हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । भोज भतेरमा सहभागी भइनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जग्गा जमिनको कारोबारमा पनि सफलता मिल्न सक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । पैसा हात नपार्न पनि सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा प्रगति र सफलता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज मनमा दुबिधा उत्पन्न हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा विवाद पनि आउला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज छोटो दुरीको लाभदायक यात्रा रहला । कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

इङल्याण्ड युरोकपको क्वाटरफाइनलमा

Published

on

इङल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्डले प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

Continue Reading

Banner

केराबारी गाउपालिका वडा नम्बर ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

Published

on

विराटचोकःकेराबारी गाउपालिका वडा नम्बर ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिहिबार २०८१ असार १३ गते   हिमचुली बनको भवनमा वडा अध्यक्ष राम चन्द्र शाहीको अध्यक्षतामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

सेवाग्राहीका रुपमा आएका सर्वसाधारणहरुप्रति सेवाप्रदायक निकायबाट भए गरेका क्रियाकलाप, वडामा भएका विकास निर्माण, आव २०८०/०८१ मा सञ्चालन भएका याेजनाका बारेमा आम नागरिकलाई जानकारी गराउने उदेश्यले कार्यक्रमकाे आयाेजना गरिएको अध्यक्ष शाहीले बताउनुभयाे । यस्तै सञ्चालन भएका याेजनाका विषयमा उपस्थित नागरिकले चासाे राखेका थिए ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, उपभोक्ता समितिका प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमकाे सहजीकरण विराट मिडिया एण्ड एडभर्टाइजिङ प्रालिले गरेको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक